शान्ति र संविधानलाई ध्यान देऊ

“न शान्ति हुन दिने न संविधान बन्न दिने । ” नेपालमा बिकसित पछिल्लो परिस्थितीलाई मध्यनजर गर्ने हो भने केही सहजता आएको भएपनि अँझै पनि नेपालका राजनीतिक दलहरुवीच देखिएको बेमेलका कारण प्रत्यक्ष मारमा जनताहरु परेका छन् ।
संविधान बनाउन पठाएका सभासदहरु कुर्सी हानाहानामा व्यस्त भएपछि नेपाल र नेपालीहरुले सोचको पुरा हुने र आफ्नो अधिकार सहितको संविधान बन्न सक्ने कुरामा आशंका पैदा हुन थालेको छ । देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता लगायतका बिषयहरुलाई मध्यनजर गर्दै नेपालमा देखिएको आपसी भाईचारा र सम्वन्ध विस्तारका लागि पनि शान्ति र संविधान आवश्यक कुरा हो ।
थाहै नपाएर गरिएको धर्म    निरपेक्षताको घोषणा र गाउँ गाउँमा    रकम लगानी गर्दे गरिएको धर्म परिवर्तनले पनि नेपालमा स्थायी शान्ति आउने संभावना घट्दै गएको छ । निशुल्क पढाईदिने यो वा त्यो वाहानामा दुर  दराजका बालबालिकाहरुलाई समेत अहिले काठमाण्डौं सम्म पुर्याईएका उदाहरणहरु समेत देखिएका छन् ।
यस्ता धेरै समस्याग्रस्त कुराहरुमा चुकेका दलहरुले अवको मुलुकको स्थायी शान्ति निर्माणका लागि आफुहरुले समेत कुनै ठोस बाटो पाउन सक्ने अवस्था देखिएको छैन् । जस्तो सुकै परिस्थितीमा पनि जनताहरुको भावनालाई कदर गर्दै नेपालमा देखिएको अन्यौलता समाप्त      गरेर देश र जनताको हित र अधिकारको सम्मान गर्दै संविधान बनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार